दाङमा प्रहरी निरीक्षकसहित १३ जनाद्वारा सामुहिक राजिनामाको घोषणा ।।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी निरीक्षकसहित १३ जना प्रहरीले काम गर्ने वातावरण नभएको भन्दै आज संयुक्तरुपमा राजिनामा दिने घोषणा गरेका छन् । आज बिहान अनटेष्ट लेखिएका एउटा मोटरसाइकललाई कार्वाहीका लागि नियन्त्रणमा लिएको र त्यही विषयका कारण आफुहरुलाई माफी माग्न लगाएको भन्दै प्रहरीहरुले संयुक्त राजिनामाको घोषणा गरेका हुन् । एमाले निकट युवा संघका घोराही नगरकमिटी सदस्य गणेश नेपालीले चलाएको अनटेष्ट मोटरसाइकल प्रहरीले बिहान१० बजे तिर घोराहीको निमाहल रोडबाट नियन्त्रणमा लिएको थियो । त्यही विषयमा कुरा गर्न गएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बिबेक श्रेष्ठलाई ट्राफिक प्रहरीहरुले हातपात गरेको भन्दै कार्वाहीको लागि विभागमा पत्रचार गर्ने र सार्वजनिकरुपमा चार जना प्रहरीलाई माफी माग्न लगाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पूर्ण बहादुर भण्डारीसहित १३ प्रहरीले राजिनामाको घोषणा गरेका हुन् । यसैबीच हातपात गर्ने प्रहरी र घटनामा संलग्न प्रहरीलाई कार्वाही तथा सार्वजनिकरुपमा माफी माग्नु पर्ने भन्दै अनेरास्ववियु दाङले बिहान ११ बजेदेखि बन्द गरेको दाङको यातायात दिउँसो ३ बजेदेखि खुलेको छ । घटनालाई अतिरञ्जित गराएर सिंगो प्रहरीलाई बदनाम र आफ्नो जिम्मेवारीमा अवरोध गराएको भन्दै काम गर्न नसक्ने भएपछि राजिनामाको घोषणा गरेको प्रहरी निरीक्षक भण्डारीले पत्रकारहरुलाई जानकारी दिनुभयो । साथै प्रहरीहरुले आफ्नो जीउज्यानको सुरक्षाको पनि माग गरेका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind