ए लौन ! के भाको यस्तो देश सुध्रिन्छ
‘ए गाँठे ! देश सुध्रिन्छ कि क्या हो ?’
साँच्चै जेपी गुप्तालाई अदालतले भ्रष्टाचारी ठहर गर्ला ? आ….बहालावालामन्त्रीलाई त्यस्तो गर्ने आँट कहाँ होला र । त्यसमाथि न्यायाधीशहरु पनि पैसामा बिक्छन्रे । टन्न पैसा भएका गुप्ताले न्यायाधीश किनिहाल्छन् नि । केही हुँदैन त्यसै फास्सफुस्सभएर सकिन्छ या अर्कोदिन सर्छ यो फैसला’ मंगलबार दिउसोसम्म धेरै ठाउँमा धेरैले यस्तैतर्क र आशंका गरे । तर जब दिउसो अबेर सर्वोच्च अदालतले जेपी गुप्तालाई भ्रष्टाचारीठहर गर्दै जेलमा पठायो, तब धेरैले चुट्की बजाए ।
‘अं रैछ तकानुन । न्याय त बाँकी रैछ है । अब अरुलाई पनि यसैगरी जाक्नुपर्छ । बहालवाला मन्त्रीलाईपनि जेल पठाउन सक्ने कानुन रैछ त हाम्रै देशमा । अब चाहिं केही होला जस्तो छ है?’ अहिले पनि धेरै ठाउँमा यस्तै चर्चा चलिरहेको छ ।
केही भएन,जतापनि भद्रगोल मात्रै छ, नियमकानुन केही छैन भन्नेहरुलाई उत्साहित बनाउने गरी जेपीगुप्ता जेल गए । उनी जेल गएको पर्सिपल्ट लोडसेडिङ एकघण्टा घट्यो । भान्सामा अभावकायमै रहेपनि आपूर्तिमन्त्री लेखराज भट्ट ग्यासको अनुगमन गर्न आफैं गोदाम रउद्योगमा दौडिरहेका छन् । पहिलेका उर्जामन्त्री गोकर्ण विष्टकै पारामा उनले पनि केहीगर्लान् कि भन्ने पारामा छनकमनक गर्दैछन् ।
केही भएनभन्ने निराशाकै बीच राजधानीका सडक फराकिला हुँदैछन् । धमाधम डोजर लगाएर बाटाचौडा पार्ने काम भैरहेको छ । ट्राफिक जाम पनि केही कम भएको छ । जोसुकैले आहृवानगर्ने बित्तिकै बन्द हुन छाडेको छ । पहिले एकदुईजनाले बन्द आहृवान गर्दैमा यातायात,बजार ठप्प हुन्थ्यो । तर अहिले जबर्जस्ती गर्नेलाई प्रहरीले उतिखेरै समाईहाल्छ । जसकोकारण महिना दिनअघि सुकुम्बासी र पूर्व लडाकुले राजधानीमा गरेको बन्द फासफुसभयो ।
शान्ति र संविधान निर्माणको प्रमुख काममा केही भएन भन्ने निराशा भैरहँदा राजनीति र त्यस वरपरकेही न केही भएकै छन् । त्यसैले हालसालै एकजनाले फेसबुकमा लेखे -’लोडसेडिङ घटेकोघट्यै छ, भ्रष्टाचारी जेल जाँदैछन्, काठमाडौंको सडक चौडा हुँदैछ, ट्राफिक जामपुरै घटेको छ !! ए गाँठे देश सुध्रिन्छ कि क्या हो ?’
यही जिज्ञासाएकपटक एकजना कलाकार मनोज गजुरेललाई सोधौं न । ‘हो नि केही त भएको छ त । हामीधेरै नकारात्मक मात्र सोच्ने गर्छौं । तर सकारात्मक भएर सोच्नुहोस् त धेरै कुरा भएकाछन् नि ।’ राजनीतिक बाहेक सामाजिक र व्यक्तिगत परिवेशमा समेत धेरै सकारात्मक कुराहरुभएका उहाँले बताउनुभयो । ‘मोबाइलको प्रयोग, यातायातको पहुँच, जातीय भेदभावकोअन्त्य, चेतना, खानपान, जीवनशैली धेरैमा सकारात्मक परिवर्तन भएका छन्’ गजुरेललेभन्नुभयो -’केही पनि भएन र हुँदैन भनेर निराश भएका नेपालीलाई थप निराश नबनाऔं,सकारात्मक सोचको विकास गरौं ।’
By : Onlinekhabar
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind