शनिवार पनि देशभरका बिद्यालयमा पढाइ हुने ।।
अस्थायी शिक्षकदलाई स्थायी गराउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको शैक्षिक गणतान्त्रिक मन्च र नेपाल शिक्षक युनियनमाआवद्व शिक्षकहरुले आज शनिवार भए पनि देशभरका निजी तथा सरकारी बिद्यालयमा पठनपाठन गराउने भएका छन् । सरकारले आफ्ना मागहरुको बारेमा कुनै सुनुवाइ नगरेकोले विरोधमा शनिवार पनि बिद्यालयमा पढाउन थालिएको नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका केन्द्रीय कोषाध्यक्ष दिनेश थापाले सीआईएनलाई जानकारी दिनुभयो । थापाका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्ममा बिद्यालयहरुमा पठनपाठन हुनेछ । अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, बिद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नपर्ने , संस्थागत बिद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरह तलबसुविधा, भत्ता , नियुक्तिपत्र दिनुपर्ने लगायतका ४७ बुँदे माग गर्दै मञ्च र युनियनले तेस्रो चरणको आन्दोलन गरिरहेका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind