बालाजीको मूर्ति आज दिनभर टँुडिखेलमा राखिने ।।
विश्वकै प्रसिद्ध भारतको आन्ध्र प्रदेशबाट ल्याइएको तिरुपति बालाजीको मूर्ति दर्शनको लागि आज दिनभर काठमाडौंको टँुडिखेलमा राखिने भएकोछ । अहिले केहीबेरपछि भाटभटेनी, नक्साल, पुतलीसडक र बागबजार भई टुँडिखेलमा शोभायात्रा गरि बालाजीको मूर्ति राखिनेछ ।
पुजारी सहित झन्डै डेढ सय नागरिकले तिरुपति बालाजीको मूर्ति सहित श्रीदेवी र भुदेवीको मूर्ति हिजो काठमाडौं ल्याइएको थियो । शान्ति र समृद्ध नेपालको कामनाका साथ बालाजीलाई काठमाडौं ल्याइएको तिरुपति बालाजी विवाह महोत्सव आयोजक मूल समितिका अध्यक्ष डाक्टर उपेन्द्र महतोले बताउनुभयो । उहाँले भक्तजनलाई प्रसाद वा भेटी विना आउन आग्रह गर्नुभएको छ । बालाजी सहित ल्याइएका लक्ष्मीस्वरुप श्रीदेवी र भुदेवीका मूर्तिको आज बेलुका विवाह महोत्सव हुने कार्यक्रम छ । टुडिखेलको वीर अस्पताल अगाडीको ढोकाबाट भक्तजनको प्रबेश तथा विद्युत प्राधिकरण कार्यालय अगाडीको पूर्वी गेटबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind