एमाले काभ्रेको चौथो जिल्ला प्रतिनिधि परिषद् ।।
नेकपा एमाले काभ्रेको चौथो जिल्ला प्रतिनिधि परिषद् आजबाट सुरु हुँदैछ । पनौती नगरपालीमा रहेको इन्द्रेश्वर क्याम्पसमा हुने प्रतिनिधि परिषद्मा गाउँ, इलाका, क्षेत्रीय, नगर र ४ वाटै निर्वाचन क्षेत्रको जनवर्गीय संगठनका गरी ६ सय भन्दा बढी प्रतिनिधि सहभागि हुने एमाले काभ्रेले जनाएको छ । भोलिसम्म चल्ने सभामा गत वर्षको समिक्षा र पार्टीको भावी कार्यनीती तयार गर्ने जिल्ला सचिवालय सदस्य राजन भूर्तेलले बताउनुभयो । परिषद्को उद्घाटन एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैबीच ‘सम्भावना पहिचान हाम्रो उद्देश्य, बढाऔँ लगानी बनाऔँ भविष्य’ भन्ने नाराका साथ फागुन ५ गतेबाट काभ्रेपलाञ्चोक जिल्लाको उग्रतारा गाविसमा जारी मध्यमाञ्चल महोत्सव–२०६८ नवौँ दिन पनि जारी छ । महोत्सवको आठौँ दिनसम्म आइपुग्दा १ लाख ५० हजार दर्शनहरुले अवलोकन गरिसकेको बताइएको छ । भोलिसम्म चल्ने महोत्सवमा ३ करोड भन्दा माथिको आर्थिक कारोबार भइसकेको महोत्सव प्रचारप्रसार संयोजक प्रकाश मानन्धरले जानकारी दिनुभयो । महोत्सवमा कृषि उपजका सामग्री, सूचना प्रविधि, पशु, खाद्यान्न, लघु उद्यम, घरेलु उत्पादनलगायत १ सय ७५ वटा स्टल रहेका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind