इन्धनको मुल्य फेरि बढ्यो ।।


नेपाल आयल निगमले इन्धनको मुल्य फेरि बढाएको छ । निगम सञ्चालक समितको गएराति  बसेको बैठकले डिजेल, मट्टितेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर चार–चार रुपैयाँ मुल्य बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुंगेलका अनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर एक सय १६ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेलको ८५ र हवाई ईन्धनको प्रतिलिटर १ सय ९ रुपैयाँ तिर्नुपर्ने भएको छ ।  बढाइएको इनधनको मुल्य आजैदेखि लागु हुनेछ । यसअघि निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध भएपछि तीन रुपियाँ घटाएकोमा आज फेरि चार रुपैँया बढाएको हो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind