वाईसीएल र प्रचण्डबीच छलफल जारी ।।
एकीकृत नेकपा माओवादीले पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीयल) लाई ब्यवस्थित गर्ने विषयमा आज पनि छलफल गरिरहेको छ । पार्टी केन्द्रीय कर्यालय पेरिसडाँडामा बिहानदेखि जारी छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष समेत रहनु भएका प्रधानन्मन्त्री डा बाबुराम भट्टराई र वाईसीयल अध्यक्ष गणेशमान पुन लगायतका पदाधिकारीको सहभागिता छ । वाईसियललाई ब्यवस्थित गर्नको लागि आफूहरुले राखेको माग र पार्टीको योजनालाई कार्यान्वयन गर्ने बारेमा छलफल भइरहेको वाईसीयल अध्यक्ष गणेशमान पुनले सीआईएनलाई जानकारी दिनुभयो।वाईसीयलले माओवादी लडाकु सरहको सेवा र सुविधा पाउनु पर्ने मागगर्दै आएको छ ।
यसैबीच आज माओवादी अध्यक्ष प्रचण्डसँग अन्तराष्ट्रिय मिडिया मिसनको टोलिले भेट गर्दैछ । दिउसो १ बजे प्रचण्ड निवास लाजिम्पाटमा मिसनको टोलीले भेट गर्ने कार्यक्रम छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind