आज ६२ औं प्रजातन्त्र दिवस ।।
आज फागुन ७ गते, अर्थात ६२औं प्रजातन्त्र दिवस देशभरमा बिभिन्न कार्र्यक्रम गरी यो दिवस मनाइदैछ । जाहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको आज ६१ वर्ष पूरा भएको छ । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवनले देशमा प्रजातन्त्र उदय भएको घोषणा गर्नु भएको थियो । २०४६ तथा ०६२÷०६३ को आन्दोलनलाई २००७ सालको आन्दोलनपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अभियानको रुपमा पनि लिइन्छ । प्रजातन्त्रको प्राप्तीमा ज्यान गुमाउनेहरुको सम्झना र प्रप्त उपलब्धीलाई संस्थागत गर्ने बारेमा छलफल गर्न आज राजधानी लगायत देशभरमा विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । दिवसको अवसरमा राष्ट्रपति डा रामबरण यादवले एक शुभकामना सन्देश दिदै सहमति, एकता र छलफलको माध्यमबाट प्रजातन्त्रको उपलब्धीलाई बचाइ राख्नुपर्ने बताउनु भएको छ भने बिभिन्न राजनीतिक दलका प्रमुख तथा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि छुट्टाछुट्टै शुभकामना सन्देश दिदै प्रजातन्त्रको विकास तथा बिभिन्न चरणमा भएका आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नतर्फ सबैको ध्यान जान जरुरी रहेको औंल्याएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind