प्लाईउड उद्योगमा बिष्फोट, २ जनाको मृत्यु ।।


बांकेको ईन्द्रपुर स्थित एसएम प्लाईउड उद्योगमा बिष्फोट हुंदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । कारखानामा रहेको पानी तताउने ब्वाईल मेसिन बिस्फोट हुंदा घटनास्थलमै एक जनाको मृत्यू भएको हो भने बिस्फोटबाट उडेर गएको फलामको औजारबाट कारखाना देखि झण्डै १ किलोमीटर नजिकको एक घरकी १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज १ का २५ बर्षिया सुजाता सल्मानी र बांके जयसपुर टंकपछरीका अन्दाजी ४० बर्षिय बनारसी रहनु भएको छ । बिस्फोटबाट नेपालगन्ज १ का पार्वती सलमानी , लक्ष्मी सल्मानी , सोनी सल्मानी र सपना सल्मानी घाइते हुनु भएको छ । बिस्फोटमा नेपालगन्जकै सत्रुघन पाठक र टंकपछरीका जागीर गोडीया पनि घाइते हुनु भएको छ । घाईते पाठक र गोडीयाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको नेपालगन्ज मेडीकल कलेजमा उपचार भै रहेकोछ । प्लाई उत्पादनका लागि पानी तताउने क्रममा अत्याधीक तामक्रम भए पछि बिस्फोट भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । बिस्फोटबाट उडेर आएको मोटरका कारण उद्योग नजिकैको एक पक्कीघर समेत ध्वस्त भएको छ । बिस्फोट लगत्तै लागेको आगो दमकल , सनीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । नेपालगन्ज नगरसँग जोडिएको  उद्योग मधुसुदन योगी र सिकन्दर हल्वाईले सञ्चालन गर्दै आएका थिए ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind