आपसी झगडामा २ जना घाइते, २ जना पक्राउ
काभ्रे, फागुन १० पाँचखाल–१ स्थित अरनिको राजमार्गको खावा भन्ने स्थानमा काठमाडौंबाट पाँचखालको होलिडे कटेज गएको बा.४ च १००३ नम्बरको सेन्ट्रो कारमा सवार काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने २७ वर्षीय सनिस कुमार सिंह र गुल्मी घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने ३२ वर्षीय भुवन के.सी.लाई बा.२ ख ८५५६ नम्बरको ट्रिपरले हेडलाईट डिम नगरेको बिषयमा दुवै पक्षबीच फागुन ९ गते २३ः०० बजे विवाद भई कुटपिट हुँदा २ जना घाइते भएका छन् भने अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खाँवाबाट प्रहरी टोली खटीई गई सम्झाउनेक्रममा ट्रिपर चालक फरार भएकोले चालकलाई प्रहरीले भगाएको भनी कार पक्षले कटेज संचालक सुरज बानियाँ, हरि बानियाँ र सौरभ बानीयाँलाई बोलाई प्रहरीसँग विवाद गरी कुटपिट हुँदा हरि बानियाँ र भुवन के.सी. घाइते भएकोले उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाइएकोमा भुवन के.सी.लाई थप उपचारको लागि बि.एण्ड बि. अस्पताल ललितपुर रिफर गरिएको छ ।
दुवै सवारी साधन, ट्रिपर चालक र सनिस कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind