लागु औषध कोरेक्ससहित आमा छोरा पक्राउ ।।
इलाका प्रहरी कार्यालय बर्दिबासले ११ बोतल लागुऔषध कोरेक्ससहित आज दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको माईस्थान ५ स्थित गौशला चोकमा होटल संचालन गदै आएका सर्लाही लालबन्दी ६ की मन्जु भुजेल र उनका छोरा शीर्षक भुजेललाई पक्राउ गरेको हो । पका्रउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बार्दबासमा राखिएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind