फोरम गणतान्त्रिक नेतृत्वविहीन, जेपी गुप्ता पार्टीद्वारा निलम्बन ।।



अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहरिएपछि फोरम गणतान्त्रिकले आफ्ना बैठकले अध्यक्ष जेपी गुप्तालाई निलम्बन गरेको छ । आज पार्टी कार्यालय शंखमुलमा बसेको पार्टी पदाधिकारीको बैठकले निलम्बन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । यसैबीच पार्टीको अबको नेतृत्व र आगामी रणनीतिका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक भोलि बस्ने जनाइएको छ ।
 M-M(Meromind)
जेपी गुप्ताको फैसलासम्बन्धी अधिवक्ताहरुको राय ।।
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यान मुद्दा सरह २० वर्ष कैद सजायको ब्यवस्था हुनुपर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा मैनालीले मुलुक ध्वस्त पार्नेलाई सजाय कम भएको बताउनुभयो । मैनालीले नेपालको दयनिय अवस्था भ्रष्टाचारकै कारण भएको र भ्रष्टहरुको जड नै राजनीति भएको आरोप लगाउँदै राजनीति नसुध्रिएसम्म मुलुकको सक्षम हुनै नसक्ने दाबी पनि गर्नुभयो ।
साक्षात्कारमा अधिवक्ता डा भिमार्जुन आचार्यले सर्वोच्च अदालतको फैसला साहसिक भएको भन्दै विधीको शासन कायम हुन नसकेको मुलुकमा बहालबाला मन्त्रीलाई सजाय दिनु साहसिक भएको बताउनुभयो । आचार्यले अदालतले राजनीतिक दवावमा काम गरिरहेको परिस्थितिमा भएको निर्णय सकारात्मक र साहसिक भएको दावी गर्दै पदमा रहेका र नरहेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राख्नुभयो । न्यायालय भित्र पनि भ्रष्टाचार ्वयाप्त रहेकोले न्यायालयलाई पनि छानविनको दायरमा ल्याउनुपर्ने उहाँको माग छ ।
साक्षात्कारमा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भ्रष्टाचारको मुद्दालाई १० वर्षसम्म ढिलो गरेर फैसला गर्नु आफैमा भ्रष्टाचार भएको आरोप लगाउँदै नेपालको न्यायप्रणाली अहिलेसम्म सुस्त गतिमा हिंडेको बताउनुभयो । तर हिजोको फैसला भने अदालतको हिम्मतिलो फैसला भनी टिप्पणी गर्नुभयो । विडारीले अख्तियार र न्यायालयमै भ्रष्टाचार ब्याप्त रहेकोले भ्रष्टाचारको मुद्दामा अधिकांशले सफाई पाउने गरेको भन्दै भ्रष्टाचार निवारण गर्न कडा कानूनको आवश्यक पर्ने पनि बताउनुभयो ।

साक्षात्कारमा जेपी गुप्ताका कानून व्यवसायी अधिवक्ता पर्शुराम कोइरालाले गुप्तालाई विशेष अदालतले १० प्रतिसतसम्मको स्रोत नखुले छुट दिने नजिरको आधारमा सफाई दिएको भन्दै सर्वोच्च अदालतले गुप्ताको आम्दानीको प्रमाणिक दस्तावेजलाई नस्विकारेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind