मैले विगतका सिनेमा जसरी हिट दिएको छु
चैत २७ गतेका लागि रिलिज डेट फिक्स गरिएको सिनेमा रावणको प्रोमो फिल्मीखबर मार्फत प्रिमियर गरिएको छ । रेखा फिल्मसको छैठौ भेटको उक्त सिनेमाको प्रोमोशनलाई यहि प्रोमो रिलिजसंगै तिब्रता पनि दिईएको छ ।
निर्माता छवि ओझाले एक चरणको अपेक्षित सिनेमा रिलिज भैसकेकाले अबको पालो आफ्नो भन्दै पब्लीसिटीमा कुनै कन्जुसाई नगर्ने बताए । ुमैले विगतका सिनेमा जसरी हिट दिएको छु सोही अनुरूप त्यस्तै मिहिनेतका साथ यो सिनेमा बनाउन कुनै कञ्जुसाई गरेको छैनु, आत्मविश्वासका साथ छविले भने । आफ्ना हरेक सिनेमामा नयाँ अनुहारलाई चान्स दिने छविले यो पटक रावणबाट कलाकार कमल कृष्णलाई निर्देशक बनाएका हुन् भने द्धन्दमा चन्द पन्त, क्यामेरामा मदन कास्यप र नायकमा किशोर खतिवडालाई लिड रोल दिएका छन् ।
किशोरले यस अघि विभिन्न फिल्म खेले पनि यो फिल्ममा उनी पूर्ण हिरोको भूमिकामा छन् । अन्दाज डेब्यू हिरो सविन पनि यो सिनेमाको लिड क्यारेक्टर हुन् । ुमेरो सिनेमाको प्रोमो मसलेदार देखिए पनि यो कथा अनुसार होु, फर्मुला शैलीमा बनाईएको प्रोमाको बारेमा फिल्मीखबरको प्रश्नमा छविले उत्तर दिए, ुरावण त्यस्तो सिनेमा हो जहाँ नारी पात्र माथि हिंसा गर्दा उ काली हुन्छे, दुर्गा हुन्छे र उग्रचण्डीको रूप लिदै रावणलाई अन्त्य गर्दछे ।ु
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind