महाशिवरात्रीको अवसरमा गलेश्वरमा घुइँचो ।।


महाशिवरात्री पर्वको अवसरमा भगवान शिवको पुजाआराधनको लागि म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा भक्तजनहरुको घुइँचो लागेको छ । विगतको वर्षभन्दा यो वर्ष गलेश्वरमा उल्लेख्य रुपमा भक्तजनहरु आएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि प्रसिद्व कालिगण्डकी नदिमा स्नान गनेर्् र गलेश्वर शिवालय क्षेत्र परिसरमा रहेको १ सय ८ शिवलिङ्गको पुजाआराधना तथा शिव मन्दिरमा पुजापाठको लागि धौलागिरी अञ्चलको म्याग्दी, पर्वत, बाग्लुङ, मुस्ताङका साथै चितवन, कास्की, नवलपरासी, रुपन्देहीलगायतका ठाउँहरुबाट भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच गलेश्वरको चौतर्फी विकास लागि सञ्चालित साताव्यापी भागवत धनधान्याचल ज्ञान महायज्ञमा आज हजारौं भक्तजनहरुको सहभागिता छ । शिवरात्रीको अवसरमा गलेश्वरमा विभिन्न ठाउँहरुबाट भक्तजनहरु आएपछि महायज्ञमा भक्तजनहरुको घुइँचो लागको हो । महायज्ञको छैटौँ दिनसम्म करिब ८८ लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind