निजी तथा सरकारी बिद्यालयहरु आज पनि बन्द


आज पनि देशभरका निजी तथा सरकारी बिद्यालयहरु बन्द ।।

विरोध प्रदर्शनकोक्रममा आफूहरुमाथि प्रहरीले धरपकड गरेकोभन्दै नेपाल गणतान्त्रिक शिक्षक मञ्च र नेपाल शिक्षक युनियनले आज पनि देशभरका निजी तथा सरकारी बिद्यालयहरु बन्द गराएका छन् । राजधानी काठमाडांैमा हिजो भएको प्रदर्शनमा प्रहरीले अनावश्यक हस्तक्षेप गरेकोले आज पनि विरोधमा शैक्षिक संस्था बन्द गराउनु परेको नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका कार्यबाहक अध्यक्ष गुणराज लोहनीले जानकारी दिनुभयो । शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनमा आबद्ध शिक्षकहरुको बन्दका कारण देशभरका सामुदायिक तथा निजी विद्यालयमा पठनपाठन ठप्पछ । अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, बिद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नुपर्ने, संस्थागत बिद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरह तलबसुविधा, भत्ता, नियुक्तिपत्र दिनुपर्ने लगायतका ४७ बुँदे माग गर्दै नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले संयुक्तरुपमा तेस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind