साउदी गएका इलामका तीन युवा अलपत्र ।


इलाम नगरपालिकामा शाखा रहेको फोर्सवान प्रालिमार्फत बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका इलामका तीन युवाहरु अलपत्र परेका छन् । बैदेशिक रोजगारीका लागि साउदी पुगेका इलाम सोयाक ३ का श्याम चौहान, सोयाक ३ कै निर्मल कटुवाल र इलाम नगरपालिका २ का बिरबहादुर मोते अलपत्र अवस्थामा परेको पिडितका आफन्तले जनाएका छन् । फोर्स वान प्रालि इलाम शाखाका शाखा प्रबन्धक झापा बुधबारेका गोपीकृष्ण चिमोरियाले राम्रो सेवा सुविधा हुने भन्दै पठाएका थिए । तर अहिले तीनै जनालाई ठगि गरेर झुक्याएर पठाएको र अहिले फर्किन पनि गाह्रो भएको उनीहरुले बताएका छन् । पिडित परिवारले आफना छोराहरु तत्काल स्वदेश फर्काइ दिने वातावरण मिलाइदिन र ठगिमा संलग्न तिनै जनालाई तत्काल पक्राउ गरि कार्वाहीको माग राखेर उनीहरुले आज जिल्ला प्रशासन कार्यालय इलाममा निवेदन पेश गरेका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind