संविधान निर्माणबारे छलफल गर्न १५ जिल्लाका प्रतिनिधि काठमाण्डूमा ।।


संविधान निमार्ण प्रक्रिया बारे छलफल गर्न विभिन्न १५ जिल्लाका प्रतिनिधिहरु काठमाण्डू आईपुगेका छन् । काठमाण्डूमा आजैदेखि सुरु भएको छलफलमा उनीहरुले पछाडी परेका समुदायका आवाजलाई समेट्ने गरि समयमै संविधान बनाउनुपर्नेमा जोड दिएका छन् । साहस नेपाल सञ्जाल र स्त्री शक्ति नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा सञ्चालित नागरिक शिक्षा परियोजनामा सहभागीहरुले नागरिकले चोहजस्तो संविधान नबन्ने अवस्था आए राष्ट्रिय स्तरमा बहस चलाउने जनाएका छन् । जिल्ला नागरिक सचेतना समुहका संयोजकहरुले आजै श्यामबहादुर मग्रातीको संयोजकत्वमा राष्ट्रिय नागरिक सचेतना सञ्चार पनि गठन गरेका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind