जातिय आधार राज्य पुनः संरचना गरिए देश टुक्रिन्छ ' ओली' ।।

नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले जातिय आधारमा राज्य पुनः संरचना गरिए देश टुक्रिने बताउनुभएको छ । आज सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा एमाले २ नम्बर क्षेत्रीय अविधेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । राज्य पुन संरचना उच्च स्तरीय सुझाव आयोगको प्रतिवेदनले जातिय द्वन्द्व फैलिने खतरा बढेको भन्दै सद्भाव कायम रहने गरी प्रदेशहरुको निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । एक अर्को प्रसंगमा माओवादीले देश र जनताको मुक्तिका लागि १० वर्षे युद्ध गरेपनि अहिले आएर केहि गर्न नसकेको बताउनुभयो । नेता ओलीले हिजो सामान्तवादले गरेको विभेदलाई आधार बनाएर देशमा अस्थिरता पैदा गराउने खेलमा केही तत्वहरु लागिरहेको वताउँदै यस्ता गतिविधिहरुबाट शतर्क रहनु पर्नेमा जोड दिनु भयो । नेता ओलीले माओवादी नेताहरुले जनतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको भन्दै मोतीयाबिन्दु लागेको आरोप समेत लगाउनुभएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind