गुप्तालाई डेढ बर्ष कैद र पुरै ८४ लाख जरिवाना


भष्ट्राचारको अभियोगमा ५ बर्षदेखि मुद्दा खेपिरहेका सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताको मुद्दा सर्वोच्चले आज फैसला गरेको छ  । फैसलामा सर्वोच्च अदालतले उनीमाथिको अभियोग प्रमाणित गर्दै उनलाई डेढ बर्ष कैद र ८४ लाख जरिवाना असुल्ने र त्यति नै बराबरको सम्पत्ति जफत गर्ने आदेश गरेको छ । सर्वोच्चले यस्तो फैसला गर्ने बित्तिकै मन्त्री गुप्ताले आत्मसमर्पण गरिसकेका छन् । यसरी आत्मसमर्पण गर्दा सजायमा २५ प्रतिशत डिस्काउन्ट हुने व्यवश्था छ । यसो हुँदा गुप्ताले डेढ बर्ष कैद र पुरै ८४ लाख जरिवाना भने तिर्नु नपर्ने देखिएको छ । 

पार्टीको माऊ नै जेल गएपछि फोरम गणतान्त्रिकले तत्काल के गर्ने भन्ने निर्णय गरेको छैन । ‘अहिले नै केही भन्न सकिँदैन’ फोरम गणतान्त्रिकका नेता आत्माराम प्रसाद साहले भन्नुभयो (’अब हामी छलफल गर्छौं, अध्यक्षज्यू भित्र गएपनि उहाँबाट रायसल्लाह लिन्छौं ।’ गुप्तामाथिको निर्णय मधेस बिरोधी गतिबिधिको निरन्तरता भएको साहको आरोप छ । ‘उपराष्ट्रपतिले हिन्दी भाषामा शपथ लिएको विषयदेखि नै मधेसबिरोधी कामको शुरुवात भएको थियो, यो यसकै निरन्तरता हो’ साहले भन्नुभयो ।


त्यसो त सरकारको मुख्य घटक माओवादीलाई जेपी गुप्ताको मुद्दाबारे पहिल्यै नै थाहा थियो । ‘उहाँको केसबारे हामीलाई पहिले नै थाहा थियो’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भन्नुभयो (’तर यस्तै फैसला आउँछ भनेर त हामीले अनुमान गर्ने कुरा भएन ।’ यो राजनीतिक भन्दा पनि न्यायिक कुरा भएकाले यसले सरकारलाई केही अप्ठेरो नपार्ने उहाँले बताउनुभयो । ‘यो घटनाले गठबन्धन सरकारलाई कुनै अप्ठेरो पार्दैन’ पौडेलले अनलाईन खबरसित भन्नुभयो (’राजनीतिक भन्दा पनि न्यायिक कारण भएकाले गठबन्धन सरकारमा केही फरक पर्दैन ।’


तर फोरम गणतान्त्रिक लगायतका मधेसवादी दलले यसलाई मधेसविरोधी गतिबिधिको निरन्तरता भनेकाले यसले गठबन्धन सरकारलाई कुनै न कुनै रुपमा अप्ठेरो पार्ने पक्का छ । जेल जाँदै गर्दा गुप्ताले आफु र आफ्नो पार्टीको राजनीतिक यात्रा नसकिएको, आफ्नो अनुपस्थीतिमा साथीहरुले हेर्ने र आफु जेलबाट फर्किएपछि फेरि राजनीतिक यात्रा जारी राख्ने बताएका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind