बोक्सीको आरोपमा कुटपिट, न्याय माग्दै पीडित सदरमुकाममा ।।


सिन्धुपाल्चोकको भोटसिपा गाविस ५ की ३८ वर्षीया सुर्जमाया तामाङलाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । गाउँका बाख्रा भैसी सबै मरेको तथा बच्चा बिरामी भएको भन्दै आफूलाई बोक्सी आरोप लगाएर कुृटिएको पीडित तामाङले बताउनुभयो । कुटपिटपछि सुर्जमाया आज न्याय माग्दै जिल्ला सदरमुकाम चौतारा आउनुभएको छ । ६ सन्तानकी आमा सुर्जमायालाई उनका जेठाजु खम्बबहादुर तमाङले ८ वर्षदेखि बोक्सीको आरोपमा शारिरीक र मानसिक यातना दिने गरेको पीडितको भनाइ छ । गाइ भैंसीले दुध नदिएपनि आफूले गर्दा नदिएको भनेर पटक–पटक यातना दिने गरेको उहाँले बताउनुभयो । हिजो बिहान जेठाजु खम्बबहादुरको घरमा गएकी सुर्जमाया त्यहाँ पुग्दा आफ्नोे बारेमा कुरा गरिरहेको सुनेपछि मेरो बारेमा किन यस्तो भनेको भन्दा आफूलाई त्यहाँ रहेका सिताराम तमाङले एक्कासी कुटेको उहाँले बताउनुभयो । कुटपिटबाट उहाँको कानमा गम्भीर चोट लागेको छ । स्थानीय रविन कार्कीले छुट्यापछि आफु बाँचेको उहाँले बताउनुभयो । श्रीमतीलाई सधै मार्छु भन्ने तथा आफूहरुलाई गाउँमा बस्न समेत असजिलो भएकाले न्याय माग्न सदरमुकाम आएको सुर्जमायाका श्रीमान माझी तमाङले बताउनुभयो । कुटपिटमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind