नगरपालिका र जिविसमा लगाएको ताला प्रहरीले फोड्यो ।।


स्थानीय निकायमा निर्वाचनको माग गर्दै राप्रपा नेपालका कार्यकर्ताले जिल्ला विकास समिति र बाग्लुङ नगरपालिकामा लगाएको ताला प्रहरीले फोडेको छ । हिजो बिहान कार्यालय समय अगाडि नै ताला लगाएको केहीबरेमानै प्रहरीले दुर्व कार्यालयमा लगाएको ताला फोडेको थियो । राप्रपा नेपालका केन्द्रिय सदस्य विदुर खड्का र नरबहादुर थापा, जिल्ला अध्यक्ष नवीनचन्द्र सर्वुजाको नेतृत्वमा गएको टोलीले बाग्लुङ नगरापालिकामा प्रहरीकै सामुन्ने ताला लगाएको थियो । प्रहरीले दुवै कार्यालयमा लगाएको ताला फोडेपनि प्रहरी नायव उपरीक्षक कृष्ण सिवाकोटीले भने राप्रपाका कार्यकर्ताले ताला नलगाएको दाबी गर्नुभयो । राप्रपाका कार्यकर्ताले ताला नलगाएको डिएसपी सिवाकोटीले दावी गरेपनि ताला लगाएको केही समयपछि प्रहरीले ताला फोडिएको हो । ताला लगाएमा तुरुन्त पक्राउ गर्न गृहको निर्देशन पाएका डिएसपी सिवाकोटीले ताला लगाउँदा लगाउँदै पक्राउ नगरेपछि तालानै नलगाएको जिकिर गरेको श्रोतको भनाइ छ । स्थानीय निकायको निर्वाचनको माग गर्दै आज मुलुकभरका स्थानीय निकायमा ताला लगाएको केन्द्रिय सदस्य खड्काले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind