खटाङमा भएको ट्याम्के महोत्सव सम्पन्न ।।
‘ट्याम्केडाँडा पर्यटनको पहिचान, प्राकृतिक सम्पदाको संरक्षण, हाम्रो अभियान’ भन्ने नारासहित खोटाङ र भोजपुरको सिमामा पर्ने ट्याम्केडाँडामा आयोजित ट्याम्के महोत्सव सम्पन्न भएको छ । समुद्री सतहदेखि ३ हजार १० मिटरको उचाईमा रहेको पर्यटकीयस्थल ट्याम्केडाँडाको पर्यटन प्रवद्र्धनकासाथै त्यहाँ भएका जैविक सम्पदाको संरक्षण गर्ने उद्देश्यले गत अस्ति ७ गते शुरु भएको महोत्सव आज सकिएको हो । भोजपुर र खोटाङमा उत्पादन हुने कृषि उत्पादन, ट्याम्के र स्याल्मे जङ्गलमा पाइने ७४ किसिमका जडीबुटी, राडीपाखी, बाँसबाट तथा फलामबाट बनेको घरेलु सामग्रीको स्टलहरू राखिएको महोत्सवमा अनुमानित ५० लाख भन्दामाथिको आर्थिक बराबरको कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक सिताराम राईले जानकारी दिनुभयो । भोजपुर डान्स सेन्टरका कलाकारहरूको साङ्गीतिक प्रस्तुति, आदिवासी जनजातिको सांस्कृतिक झाँकी, साकेला, लाखे, धामीझाँक्री नाच तथा जातीय भेषभुषा आकर्षणकारुपमा रहेको महोत्सव पैदल तथा गाडीमा चढेर आएका खोटाङ, भोजपुर, धनकुटा, धरानलगायतका सर्वसाधारणले अवलोकन गरेका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind