कुनै हालतमा जग्गा नछोड्ने सुकुम्बासीहरूको भनाइ ।।


बाँकेको कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जग्गा कब्जा गरी बसेकाहरूले सरकारले आफूहरूलाई उचित बसोबासको व्यवस्था नगरेसम्म आफूहरू कुनै पनि हालतमा बसेको स्थान नछोड्ने बताएका छन् । मध्यपश्चिमका सुर्खेत, जाजरकोट र दैलेखबाट आएका करिब एक सयभन्दा बढि घरधुरीका सुकुम्बासीहरूले सरकारले आफुहरूलाई अर्को व्यवस्था नगरी हटाएमा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्  । आर्थिक वर्ष २०६७÷६८ को बजेट भाषणमा कोहलपुर र रझेनालाई समेटेर कोहलपुर नगरपालिका घोषणा गरिसकेको अवस्थामा कोहलपुरमा रहेका संरचनालाई विकास गर्नका लागि स्थानिय प्रशासनले जग्गा कब्जा गरि बसेका सुकुम्बासीहरूलाई स्थान छोड्न आग्रह गरिरहँदा उननीहरूको यस्तो प्रतिक्रिया आएको हो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind