कपिलवस्तुको तिलौराकोटस्थित लोसहरीया क्षेत्रको उत्खनन ।।


भगवान गौतम बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट नजिकै रहेको लाोसहरीया क्षेत्रको उत्खनन कार्य सम्पन्न भएको छ । लुम्बिनी विकास कोष, पुरातत्व विभाग र बेलायतको दुरहाम युनिभर्सिटी संयुक्त आयोजनामा माघ २५ गतेदेखि उत्खनन कार्य सुरु भएको थियो । उत्खननका क्रममा क्षेत्रवाट बुद्धकालीन माटोका भाडालगायतका सामान भेटिएको लुम्बिनी विकास कोषका बसन्त बिडारीले जानकारी दिनुभयो । भेटिएका वस्तुहरू केही अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाइनेछ भने केही कोषको संरक्षणमा राखिनेछ । टोलीले उत्खनन्बाट भेटिएका वस्तुहरूको सार्वजनिक गर्दै यसवर्षको काम सम्पन्न भएको र पाँच वर्षको परियोजना अनुसार बाँकी काम तिलौराकोटमा हुने जानकारी दिएको छ ।

कपिलवस्तुकै अर्को खबरमा कपिलवस्तु नगरपािलका ४ भिक्षु टोलमा साहित्यकार भवानी भिक्षुको स्मृतिमा पार्क निर्माण गरिने भएको छ । स्थानीयबासीन्दाको सक्रियतामा भिक्षु टोल स्थित करिब एक कठ्ठा सार्वजनिक जग्गामा तारबार गरी भवानी भिक्षु पार्क निर्माण गरिने भएको हो । त्ससका लागि बलराम घिमिरेका अध्यतामा ११ सदस्यीय पार्क निर्माण समति समेत निर्माण गरिएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind