अन्तरराष्ट्रि मातृभाषा दिवस ।।


आज फेब्रुअरी २१ अर्थात अन्तरराष्ट्रिय मातृभाषा दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संघ युनेस्कोको आह्वानमा हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई मातृभाषा दिवसका रुपमा मनाउने गरिन्छ २०५८ सालको जनगणनाअनुसार नेपालमा १ सय २४ भाषाभाषीका नागरिक बसोबास गर्छन् । दिवसको अवसरमा आज राजधानी काठमाडांैमा बहुभाषिक कवि गोष्ठि तथा कविता प्रतियोगिता हुँदैछ । नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको सभाकक्षमा हुने कार्यक्रममा राष्ट्रपति डा रामबरण यादवको पनि सहभागिता रहनेछ । मध्यान्ह् १२ बजेपछि सुरु हुने वहुभाषिक कवि गोष्ठि तथा कविता प्रतियोगितामा नेपालमा अस्तित्वमा रहेका भाषाभाषीको विकास तथा वर्तमान अवस्थाको बारेमा बिज्ञहरुले कार्यपत्र पेस गर्ने कार्यक्रम रहेको प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव सनत रेग्मीले सीआईएनलाई जानकारी दिनुभयो । प्रतियोगिताको लागि ३० ओटा कविता छनौट गरिएको छ भने करिब एक दर्जन अप्रतियोगी कविता वाचन गर्ने कार्यक्रमछ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind