माओवादीलाई जङ्गल गएर देखाउन काङ्ग्रेस सभापतिको चुनौती ।।
नेपाली काङ्ग्रेस सभापति सुशील कोइरलाले एकीकृत नेकपा माओवादीलाई जङ्गल गएर देखाउन चुनौती दिनुभएको छ । माओवादीमा अझै पनि हतियारको दम्भ र युद्धको मानसिकता रहेको उल्लेखगर्दै सभापति कोइरालाले माओवादीलाई जङ्गल जानका लागि चुनौति दिनुभएको हो । नेपाल प्र्रेस युनियन बागलुङ शाखाले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले अहिलेसम्मका सबै जीत विचारको लडाईबाटनै प्राप्त भएको उल्लेख गर्दै माओवादीलाई विश्वासको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । विस्तृत शान्ति सम्झौतादेखि अहिलेसम्म भएका सहमतिहरु कार्यान्वयनमा माओवादी उदासिन भएकै कारण शान्ति र संविधान निर्माणको काम पूरा हुन नसकेको कोइरलाको दावी थियो । प्रजातन्त्रका मुलभूत कुरामा कसैसंग सम्झौता नगर्ने बताउंदै कांग्रेस सभापति कोइरलाले नयां संविधानमा बहुलवाद र संसदीय व्यवस्था राखेरै छाड्ने बताउनुभयो । जनताको विपक्षमा काम गर्ने राणाहरु, पंचायत र राजाको अन्त्य भएजस्तै माओवादी पनि नसच्चिए अव उसको पतन हुने कोइरलाको भनाइछ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind