सन्धुलीमा १२ वटा झोलुङ्गे पुल निर्माण हँुदै ।।


सिन्धुलीका विभिन्न गाविसमा सवा तीन करोड रुपैयाको लागतमा १२ ओटा झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । ग्रमीण पुनः निर्माण तथा पुनस्थापना आयोजना (आरआरआर डिएसपी) को अनुदान सहयोगमा जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालय मार्फत ती पुलहरु निर्माण गर्न थालिएको हो । चालु आर्थिक वर्षमा निमार्ण सुरु गरिएका पुलहरुको कुल लागत ३ करोड २३ लाख ३१ हजार ७ सय ८४ रुपैयाँ रहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । झोलुङ्गे पुल निर्माण आयोजना मध्ये सिन्धुली जिल्ला र मकवनपुर जिल्ला जोड्ने क्यानेश्वर गाविस ८ स्थित वागमति नदिमा सवै भन्दा लामो दुरीको २ सय १४ मिटर लामो झम्सी झोलुङ्गे पुलको निर्माण सुरु गरिएको छ ।  चालु वर्षको अन्त सम्ममा निर्माणधिन झोलुङगे पुलहरुको निर्माण सम्पन्न पछि ती गाविस अन्र्तगतका ५ हजार ९ सय ५३ घर धुरीका ३६ हजार २ सय २६ जना सर्वसाधारण लाभान्वित हुने जिल्ला प्राविधिक कार्यालय सिन्धुलीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind