सहयोगी हातहरु


इन्सेक काभ्रेद्वारा द्वन्द्वपीडित दुई बालकलाई आर्थिक सहयोग ।।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेले सशस्त्र द्वन्द्वबाट पीडित जिल्लाका दुई बालकलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
इन्सेकले जिल्लाको सिपाली चिलाउने गाविस वडा नम्बर ७ का १४ वर्षीय विजय उप्रेती र महादेबटार गाविस वडा नम्बर १ का १६ वर्षीय सुजन कायस्थलाई ३÷३ हजारका दरले रकम हस्तान्तरण गरेको हो । इन्सेकको पूर्व सूचना इकाई परियोजना अन्र्तगत पीडित बालकहरूको आवश्यकतालाई ध्यान दिएर रकम सहयोग गरिएको इन्सेक काभ्रेका प्रतिनिधि भोजराज तिमल्सिनाले जानकारी दिनुभयो । हाल हिमालय माध्यमिक बिद्यालयको कक्षा ८ मा अध्ययनरत उप्रेती बाढीले बगाइ ल्याएको बम खेलाउँदा घाइते भएका हुन् । त्यस्तै दश वर्षको उमेरमा नै माओवादीमा गएका कायस्थलाई संकटकालको समयमा माओवादी कार्यक्रममा देखेपछि इन्सेक प्रतिनिधिद्वारा बुझेर ल्याइएको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind