शासकीय स्वरुपमा आइतवारदेखि छलफल हुने ।।

 संविधानसभा संवैधानिक उपसमितिले आगामी आइतवारदेखि शासकीय स्वरुपका सम्बन्धमा छलफल सुरु गर्ने भएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको उपसमितिको बैठकले शासकीय स्वरुपवाट छलफल सुरुगर्ने निर्णय गरेको उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । शासकीय स्वरुपमा सहमति भएपछि अन्य बिषयमा सहमति जुटाउन सजिलो हुने भन्दै शनिवारदखि  त्यसमा छलफल गरिने कर्णले बताउनुभयो । शासकीय स्वरुप, राज्यपुर्नसंरचना, न्यायप्रणाली लगायत बिषयमा दलहरुबीच सहमति जुटन बाकी छ । यसअघि मंगलवार बसेको उपसमिति बैठक विना निश्कर्ष सकिएको थियो ।