बर्दिवास वजार सरसफाईका लागि समिति गठन ।।


उद्योग वाणिज्य संघ बर्दिवासको प्राङगनमा आज सम्पन्न एक भेलाले बर्दिवास वजार सरसफाई गर्न एक समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरिक्षक रमेश वस्नेतको अगुवाईमा सम्पन्न भेलाले बर्दिवासस्थित पूर्वपश्चिम राज मार्ग तथा बर्दिवास क्षेत्रको वजार सरसफाई एवं वजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि नागरिक समाज महोत्तरीका कुर्महरी सुवेदिको संयोजकत्वमा ११ सदस्यीय एक समिति गठन गरेको हो । गठीत समितिमा उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष सुरेश वहादुर रावत, खानेपानी तथा सरसफाई उपभोक्ता समिति बर्दिवासका अध्यक्ष चुडामणी पोख्रेल, बर्दिवास गाविस सचिव चन्द्र प्रसाद अधिकारी, एकिकृत माओादिका गोपी भण्डारी, काँग्रेसका राजन हमाल लागाएतका पदाधिकारी सम्मेलित समितिले बर्दिवास वजारको फोहोर व्यवस्थापन र निरन्तर सर सफाईका लागी चाँडै पहल गर्ने बर्दिवासवाट बिदुर भट्टराईले जानकारी दिनुभयो । साथै भेलाले बर्दिवासमा एकिकृत सेवा कार्यालय स्थापनाको आन्दोलनका समयमा जलाईएको बर्दिवासको औरही जाने चोकमा रहेको प्रहरी विटलाई स्थानिय वासीको सहयोगका पुर्नर निर्माण गर्ने समेत निर्णय गरेको छ । बर्दिवासको सान्ति सुरक्षाको अवस्थालाई मध्यनजर राखेर प्रहरी विट पुनर निर्माण गर्ने निर्णय गरिएको समेत सहयोगी भट्टराईले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind