लाप्चा समुदायका वालवालीकाकालागि अभिभावकद्धारा वचत ।।
पूर्बी इलामका लाप्चा समूदायका बालबालिकाको शिक्षाका लागि बाबुआमाले बचत
गर्न थालेका छन् । लाप्चा भत्ता बापत आएको पैसाले उनीहरुको शिक्षा दीक्षाका लागि बाबुआमाले पैसा संकलन गर्न थालेका हुन् । आर्थिक अभावका कारण शिक्षाको ज्योतिबाट वञ्चित बालबालिकका लागि अभिभावकले बचत गरेका हुन् । आर्थिक अवस्था कम्जोर भएकै कारण पढाईबाट बञ्चित हुनुपरेका लाप्चा समुदायलाई सामाजिक सुरक्षा भत्ताले ठूलो आड दिएको छ । अति सिमान्तकृत वर्गमा सुचिकृत लाप्चा जाति अहिले सम्म पनि आर्थिक, सामजिक, राजनीतिक, शैक्षिकरुपमा पछाडि परेको छ । सरकारले छुट्याएको प्रतिव्यक्ति मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता संकलन गरेर छोराछोरीको शिक्षामा लगानी गर्न थालिएको लाप्चा उत्थान मञ्चका अध्यक्ष वीरबहादुर लाप्चाले जानकारी दिनुभएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind