रौतहटको विभिन्न गाविसमा अवैध रुपमा लगाइएको अफिम खेती प्रहरीद्धारा नष्ट ।।
नरहरि आचार्य
रौतहटको विभिन्न गाविसमा अवैध रुपमा लगाइएएको अफिम खेति प्रहरीको संयुक्त टोलीले हिजो नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा शसस्त्र वेस क्याम्प सरमुजुवाको संयुक्त टोलिले रौतहटको सोनरनिया,पथराबुधराम,गाविसमा अवैध रुपमा करिव १४ कठ्ठा जग्गामा लगाइएको अफिम फंडानी गरी नष्ट गरेको छ । स्थानिय सोनरनिया गाविस वडा नं ४ वस्ने रघुविर सिंह, सिकिनदेव साह, हरिदेव महरा, सुनिल साह,राआश्रेय राय यादव, हृदय साह, पथराबुधराम गाविस वडा नं १ वस्ने दिनेश मुखिया ,पहाडी मुखिया विनले लगाएको करिव १४ कठठा जमिनको अफिम खेति नष्ट प्रहरीको संयुक्त टोलिले फडांनी नष्ट गरेको हो । प्रहरी नायव उपरिक्षक चक्रवहादुर सिंह तथा शसस्त्र प्रहरी निरीक्षक संजिव पौडेल तथा स्थानिय प्रहरी इकाईको टोलिले करिव एक लाख २० हजार रुपिया बरावरको अवैध अफिम खेति नष्ट गरेको हो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind