न्यूनतम पारिश्रमिक लागू नगर्ने सञ्चारमाध्यमलाई सबै सरकारी सुविधा कटौती गर्न प्रधानमन्त्रीको निर्देशन
फागुन ७ प्रधानमन्त्री डा.बाबुराम भट्टराईले न्यूनतम पारिश्रमिक लागू नगर्ने सञ्चार माध्यमलाई सरकारले दिने सबै सुविधा कटौती गर्न निर्देशन दिनु भएको छ । राष्ट्रिय समाचार समितिको बार्षिकोत्सवमा प्रधानमन्त्री डा.भट्टराईले न्यूनतम पारिश्रमिक लागू नगर्ने सञ्चार माध्यमलाई सुविधा कटौती गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।
केही हप्ताभित्रै सेना समायोजनको काम शुरु हुने र चाँडै टुङ्गोमा पुग्ने दावी गर्दै प्रधानमन्त्री डा.भट्टराईले शान्ति प्रक्रिया विथोल्ने गरी केही सञ्चार माध्यमले भ्रामक समाचार दिइरहेको आक्षेप लगाउनुभयो । उहाँले छिटो समाचार दिने नाममा भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमसँग आग्रह पनि गर्नुभयो ।
सोही कार्यक्रममा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले राससलाई समयसापेक्ष बनाउन राज्यले लगानी गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा प्रधानमन्त्री भट्टराईले रासस स्वर्ण महोत्सवका अवसरमा प्रकाशित हुलाक टिकटमा टाँचा लगाउनु भएको थियो । सोही अवसरमा समाचार समिति पत्रकारिता, राससको इतिहास र राससको समाचार यात्रा नामक तीन वटा पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा रासस र नेपाल पत्रकार महासंघ रासस शाखाद्वारा स्थापना गरिएका विभिन्न पदक, सम्मान र पुरस्कार पनि वितरण गरिएको थियो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind