दाङका बाल वैज्ञानिक हेलिकप्टर बनाउँदै
दाङ भ्याली कलेज साइन्स इष्ट्रिम घोराही दाङले आज दाङका ४ बाल वैज्ञानिकलाई स्वागत एवं सम्मान गरेको छ । हिमालयन ह्वाईट हाउस कलेज काठमाण्डूले आयोजना गरेको दोस्रो विज्ञान प्रर्दशनी मेलामा प्रथम हुने बाल वैज्ञानिकहरुलाई स्वागत एवं सम्मान गरेको हो । कलेजमा अध्ययन गरेका मार्शल रोका, शुभम सिंह गुप्ता, पंकज न्यौपाने , शुभम बैश्यले मानिस भित्र प्रवेश गर्दा आफै ढोका खेल्ने, पानी आएपछि आफै मोटर चलेर पानी तान्ने र पानी आउन छाडेपछि बन्द हुने, विद्युत आएको थाहा दिने, घरमा चोर पसे साइरन बज्ने, हात थाप्दा धाराबाट पानी आउने र थपरी मार्दा बत्ती बल्ने गरी दोस्रो विज्ञान प्रदर्शनी मेला काठमाण्डूमा पहिलो भएको भन्दै कलेजले स्वागत गरेको थियो । कार्यक्रममा बाल वैज्ञानिक शुभम सिंह गुप्ताले २१ औ शताव्दी विज्ञानको युग भएकाले आफुहरु पनि नयाँ सामग्रीको
आविष्कारमा लागेको बताउनुभयो । उहाँले यी सबै यन्त्र कवाडी सामग्रीहरुबाट निर्माण गरिएको बताउनुभयो । उहाँले अहिले नमुनाको रुपमा हेलिकप्टर बनाउँदै गरेको र पछि नमुना सफल हुँदै आर्थिक रकम कसैले दियो भने हेलिकप्टर नै बनाउने लक्ष्य रहेको बताउनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind