डीआईजीलाई धम्की




गृहमन्त्री विजयकुमार गच्छदार भएर होला तराईका प्रहरीलाई फोरकमा कार्यकर्ताहरु गृहमन्त्रीको नाम लिँदै धम्काउने गर्छन् ।



तर, राजधानीका एक गुण्डालाई पक्राउ गरेको विषयमा निकै रुखो रुपमा प्रस्तुत हुँदै डीआइजीसँग प्रश्न गर्दा फोरमका एक नेताले भने भने नराम्रोसँग हप्की भेटेका छन् । मधेसी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कमलेश्वर यादवले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका डीआईजी उपेन्द्रकान्त अर्यालको हप्की भेटेका हुन् । यादवले आफू गृहमन्त्रीकहाँबाट बोलेको भन्दै डीआईजीलाई धम्क्याएका थिए । एक व्यापारीलाई अपहरण गरेको आरोपमा गृहमन्त्री गच्छदारनिकट तथा काभ्रेली समूहका नाइके दावा लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

आफूले गृहमन्त्रीको सचिवालयबाट फोन गरेको भन्दै यादवले लामालाई पक्राउ गर्नुको कारणबारे डीआईजी लामासँग सोधका थिए । ‘तपाईं को हो र मैले जवाफ दिन’, नचाहिने कुरामा कडा रुपमा प्रस्ुतत हुने अर्यालले यादवलाई जवाफ पर्काएको मन्त्रालय स्रोतले जनाएको छ । पछि यादवले लामा आफ्नो कलेज पढ्दाको साथी भएकलदे सोधेको बताएका थिए । तर, राजनीतिक दबाबमा नझुक्ने स्वभावका डीआईजी अर्यालले त्यसरी यादवलाई सातो लिइदिएका छन् । यो समाचार आजको दृष्टि साप्ताहिकले प्रकाशित गरेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind