अस्थायी शिक्षकहरुले आज पनि शिक्षामन्त्रालय घेराउ गर्ने ।।
विभिन्न माग राखी आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुले आज पनि शिक्षामन्त्रालय घेराउ गर्ने भएका छन् । हिजो देशभरका निजी तथा सरकारी बिद्यालय बन्द गराएर प्रदर्शन गरेका शिक्षकहरुले आज राजधानी खुल्लामञ्चमा बिहान १० बजे भेला भई मन्त्रालय घेराउ गर्ने भएका हुन् । नेपाल गणतान्त्रिक शिक्षक मञ्च र नेपाल शिक्षक युनियनमा आवद्व शिक्षकहरुले जिल्लामा पनि प्रदर्शन गर्ने नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका केन्द्रीय कोषाध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो । अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, विद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नुपर्ने, संस्थागत बिद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरह तलबसुविधा, भत्ता, नियुक्तिपत्र दिनुपर्ने लगायतका ४७ बुँदे माग गर्दै नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले संयुक्तरुपमा तेस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind