शीर्ष नेताहरुको बैठक आज ।।


शान्ति र संविधान निर्माणमा प्याकेजमा सहमति गर्ने बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक आज बस्दैछ । हिजोको प्रमुख तीन दलका नेताहरुको बैठकमा कुनै सहमति नभएपछि आज ३ पार्टीका शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा अहिले केहीबेरपछि बैठक सुरु हुनेछ । शान्ति र संविधानको कामलाई टुङ्ग्याउने गरी प्याकेजमै सहमति गर्ने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  प्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले हिजोको बैठकमा प्रस्ताव गरेको भए पनि नेपाली काङ्ग्रेस, नेकपा एमालेले सहमतिको स्वरुपको बारेमा थप छलफल गर्नुपर्ने बताएका थिए । बिगतका सहमति अनुसारनै शान्ति प्रक्रियाको काम सक्नेमा दलहरु नजिक पुगेका भए पनि शान्ति र संविधानको कामसँगै टुङ्ग्याउने वा के गर्ने भन्नेमा कुरा मिल्न सकेको छैन । भावी संविधानका विवादका बिषयमा सहमति गर्ने बारेमा पनि शीर्षतहमा छलफल हुने बताइएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind