फोरम गणतान्त्रिकको बैठक आज पनि ।।


मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रीय समितिको बैठक आज पनि बोलाइएको छ । पार्टी कार्यालय शङ्खमुलमा बिहान ११ बजेपछि बैठक सुरु हुनेछ । पार्टी अध्यक्ष जयप्रकाश गुप्ता जेल परेपछि पार्टीको भावी रणनीति र योजनाको बारेमा छलफल गर्न फोरम गणतान्त्रिकको केन्द्रीय समिति  बैठक हिजोदेखि सुरु भएको हो । सार्वजनिक पदमा रहँदा अकुत सम्पति आर्जन गरेको ठहर गर्दै सर्वोच्च अदालतले फोरम गणतान्त्रिक अध्यक्ष जयप्रकाश गुप्तालाई जेलसजाय सुनाएपछि गुप्तालाई ४ दिनअघिनै जेल चलान गरिसकिएको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष गुप्ता बारे सर्वोच्चले गरेको फैसला प्रति आधिकारिक धारणा निर्माण, अध्यक्ष गुप्ताको अनुपस्थितिमा पार्टीलाई कसरी सञ्चालन गर्ने लगायतका बारेमा छलफल सुरु भएको गणतान्त्रिकका सह अध्यक्ष राजकिशोर यादवले सीआईएनसँग बताउनुभयो । केन्द्रीय समितिको बैठकमा छलफलको लागि बिभिन्न ७ ओटा एजेण्डा पेस भएको यादवले जानकारी दिनुभयो । स्रोतका अनुसार अध्यक्ष गुप्ताबारे सर्वोच्चको फैसलाप्रति पार्टीको धारणा, आगामी नेतृत्व, सरकारमा सहभागिता लगायतका बिषयमा पार्टीभित्र मत बाझिएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind