ट्राफिक नियम नमान्नेलाई आज पनि कारबाही ।।


ट्राफिक प्रहरीले आकासे पुल प्रयोग नगरी सडकबाट बाटो काट्नेलाई आज पनि ५० रुपैँया  जरिवाना लिनेक्रमलाई जारी राखेको छ । आज विहानैदेखि भोटाहिटी, रत्नपार्क, सुन्धारा लगायतका  आकासे पुलवरपरको क्षेत्रलाई निगरानीमा राखिएको छ । हिजो मात्रै ३ सय ६५ जनाले ५० रुपैँयाका दरले जरिवाना तिरेका थिए । जरिवानाबाट १८ हजार दुई सय ५० राजश्व संकलन भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग दरवारमार्गले २ सय ९८ जना र महाशाखाको टोलीले सुन्धाराबाट ६७ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख गणेशराज राईले ५ सयभन्दा बढी यात्रुलाई ट्राफिक नियमको जानकारी दिइएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind