पर्वतमा महिलासम्बन्धी भएका घटनाहरु सार्वजनिक ।।
पर्वत जिल्लामा २०६८ साउन महिनादेखि अहिलेसम्म घटेका महिलासम्बन्धी घटनाहरु सार्वजनिक गरिएको छ । जिल्लामा गत साउन महिनादेखि यता १५ वटा सकारात्मक र ९ वटा नकारात्मक घटना भएको आज सार्वजनिक गरिएको हो । आज पर्वतको सदरमुकाम कुश्ममा शान्तिका लागि साझा अभियान, पश्चिमाञ्चल क्षेत्रीय सचिवालयको सहयोगमा मानवअधिकार एलायन्स जिल्ला शाखा पर्वतको र सिक्रेड नेपालको सहआयोजनामा भएको महिला तथा बालबालिकाको सवाल, सरोकारवालाको भूमिका विषयक क्षेत्रीय सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पर्वतका समाजशास्त्री राजेन्द्र पहाडीले कार्यपत्र प्रस्ुतत गर्दै पर्वतमा सकारात्मक घटनाहरु अन्तर्गत रेडियो दिदीबहिनीको आयोजनामा बृहत महिला महोत्सव, विभिन्न गाविसमा महिलालाई व्यावसायिक तालिम, अपाङ्ग अधिकार बारे तालिम, महिलाहरुको सहकारी नाफामा, अपाङ्ग बालबालिकाको लागि घुम्ती शिविर, रानीपानीका अपाङ्गलाई आर्थिक सहयोग लगायतका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind