नेपाल–चीन संयुक्त वन कार्यदलको बैठक ।।


नेपाल–चीन संयुक्त वन कार्यदलको पहिलो बैठक आजदेखि काठमान्डौंमा सुरु भएकोछ ।  कार्यदलको बैठकमा हरित आर्थिक करिडोर, हरित पूर्वाधार विकास तथा संस्थागत  सुदृढीकरणको बारेमा छलफल हुने नेपाली अधिकारीहरुले बताएका छन् । हिमालय सीमापार संयुक्त संरक्षण परियोजना, वनसम्बन्धी द्विपक्षीय एवम क्षेत्रीय विषयमा पनि छलफल हुने वन मन्त्रालयका प्रवक्ता रामप्रसाद लम्सालले जानकारी दिनुभयो । बैठकले सन २०१० मा भएको वन व्यवस्थापन एवम जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारी पुनरावलोकन गर्ने बताइएको छ । कार्यदलको बैठकमा नेपालका तर्फबाट वनमन्त्री मोहम्मद वकिल मुसलमान लगायतको टोली सहभागी रहेको छ भने चीनका तर्फबाट वनमन्त्री जिया झिवाङ नेतृत्वको टोली सहभागी भएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind