पेट्रोलियम पदार्थमा व्यापारीले कृतिम अभाव सृजना गरेको आपूर्तिमन्त्रीको भनाइ ।।
वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमले माग अनुसार पर्याप्त आपूर्ति गरिरहेको भए पनि व्यापारीहरुले कालो बजारी गर्न कृतिम अभाव सृजना गरेको दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा मन्त्री भट्टले आयल निगमले माग अनुसारको डिजेल, पेट्रोल, मट्टीतेल र ग्यासँको आपूर्ति गरिरहँदा समेत बजारमा अभाव हुनुले व्यापारीहरुले कालाबजारीको लागि कृतिम अभाव सृजना गरेको प्रष्ट हुने तर्क गर्नुभयो । उहाँले कृतिम अभाव गर्नेहरुलाई सरकारले अब कारबाही शुरु गर्ने पनि बताउनुभयो । साक्षात्कारमा मन्त्री भट्टले शान्ति प्रक्रिया र संविधान निर्माणमा सबै राजनीतिक दलको ध्यान केन्द्रीत गर्न पनि पेट्रोलियम पदार्थ सहज गर्न अतिआवश्यक भएको पनि बताउनुभयो । तर त्यसका लागि जेठ १४ गतेसम्म आपूर्ति सहज पार्न ९ अर्ब रुपैयाँ सरकारसँग माग गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind