महिला हिंसाकै कारण माघ महिनामा मात्र १८ महिलाको हत्या ।।
विभिन्न प्रकारका महिला हिंसाका कारण माघ महिनामा मात्र १८ जना महिलाको हत्या भएको छ भने अरु विभिन्न हिंसाका घटना पनि बढी भएको पाइएको छ । ओरेक नेपालले आज विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार संस्थाको अभिलेखीकरणमा १८२ जना महिलाहरुमाथि हिंसा भएको छ । यो तथ्यांक गत पुस महिनाको भन्दा ५६ वटाले बढी हो । तथ्यांक अनुसार १२६ जना महिलाहरुमाथि घरेलु हिंसा भएको छ भने कुटपीट ६९, बहुविवाह १९, मानसिक यातना ३८ रहेको छ । यस महिनामा मात्र १८ जना महिलाहरुको हत्या गरिएको छ, जसमा श्रीमान्बाट मात्र १० जना, घरपरिवार सदस्यहरुबाट ५ जना, र बलात्कार पछि अपरिचित व्यक्तिबाट २ जना, बोक्सीको आरोपमा समाजका व्यक्तिहरुबाट १ जना महिलाले ज्यान गुमाएका छन् । ६ जना महिलाहरुलाई बोक्सिको आरोप लगाइएको छ भने १ जना महिलाको बोक्सीको आरोप लगाई कुटपीटका कारण मृत्यु भएको छ । यस महिनाको तथ्याकंले पनि सबैभन्दा बढी महिलाहरु श्रीमान् र घरपरिवारका सदस्यहरुबाट हिंसामा परेको देखाएको ओरेकको विज्ञप्तिमा उल्लेख छ । यस महिनामात्र ५७प्रतिशत महिलाहरु श्रीमान्बाट र २८ प्रतिशत परिवारका सदस्यहरुबाट, ६ प्रतिशत समाजका व्यक्तिहरु÷छिमेकीबाट, २ प्रतिशत शिक्षकबाट, २ प्रतिशत सुरक्षा निकायबाट र ५ प्रतिशतअपरिचित व्यक्तिहरुबाट महिलाहरुमाथि हिंसा भएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind