प्रहरी जवानकै घरमा लुटपाट, उजुरी दर्ता नभएको पिडित प्रहरी जवानको गुनासो ।।
सिरहाको सखुवा ननकारकट्टी ४ मा एक प्रहरी जवानको घरमा लुटपाट गरी लाखौ मूल्य बराबरको धनमाल लुटेर लगेका छन् तर प्रहरीले उजुरी लिन नमानेको पीडितको गुनासो छ । स्थानीय घनश्याम साहको घरमा सुनचाँदीका गरगहना तथा नगदसमेत लुटेर लगेका थिए । साह सप्तरीको मौवाहा मल्हनिया प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन् । ३ दिन अघि घटना भएर उजुरी दिन वडा प्रहरी कार्यालय लहान पुगे पनि उजुरी दर्ता नभएको साहले बताउनुभयो । लुटेराहरुले आफू र श्रीमतीलाई दुव्र्यवहार पनि गरेको पत्रकारहरुसँग साहले बताउनुभयो । वडा प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक बृजकिशोर चौधरीले पिडित साहले दिन लागेको उजुरीमा भनेजति रकम लुटेर लगेको भन्ने नपाइएकाले उजुरी दर्ता नगरेको बताउनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind