एक सय ५० यात्रु कारबाहीमा ।।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका बिभिन्न क्षेत्रमा जथाभावी बाटो काट्ने १ सय ५० जना यात्रुलाई कारबाही गरेको छ । महाशाखाद्वारा आजदेखि सुरु भएको आकाशे पुलको प्रयोग नगरी बाटो वारपार गर्ने बटुवालाई कारबाही गर्ने अभियान अन्तर्गत बिहान मात्र ७ हजार रुपैँया राजश्व संकलन भएको छ । महाशाखाले राजधानीका सुनधारा, भोटाहिटी, रत्नपार्क, कलंकी, लगायतका स्थानमा आकाशे पुलको प्रयोग नगरी जथाभावी बाटो काट्नेहरुलाई पहिलो चरणमा ५० रुपैँया जरिवाना गराउन लागेको हो । महाशाखाका प्रमुख डीआईजी गणेशराज राईले जरिवाना गरिएका व्यक्तिलाई आकाशे पुलको महत्व तथा प्रयोग नगर्दा हुनसक्ने सवारी दुर्घनाका सम्बन्धमा जनचेतना प्रदान गरिएको बताउँदै आकासे पूलको प्रयोगले आधा दुर्घटना कम गर्न सकिने बताउनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind