युनियन र गणतान्त्रिक मञ्च काभ्रेद्धारा तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक ।।


नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्च संयुक्त शैक्षिक आन्दोलन जिल्ला समिति काभ्रेले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । शिक्षकहरुका पेशागत संघ÷संगठन, युनियन र शैक्षिक गणतान्त्रिक मञ्चसँग पटक–पटक वार्ता गरि सहमति गरिएका आफुहरुको शैक्षिक समस्या समाधान गर्न तर्फ नेपाल सरकार सधै उदासीन रहेको भन्दै तेस्रो चरणको आन्दोलन गर्न बाध्य भएको संयुक्त शैक्षिक आन्दोलन समितिद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ । आन्दोलनका कार्याक्रमहरुमा फाल्गुन १३ गते शनिबार जिल्लाका सम्पूर्ण विद्यालयहरुमा कक्षा समय अवधिभर शिक्षण गर्ने, आईतबार विद्यालयमा पठनपाठन बन्दगरी जिल्ला सदरमुकाम धुलिखेलमा विशाल ¥याली र आमसभा गर्ने नेपाल शिक्षक युनियन काभ्रेका अध्यक्ष नारायण प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । त्यस्तै फागुन १५ गते देखि १९ गतेसम्म प्रत्येक विद्यालयबाट तहगत रुपमा १ देखि ३ जनासम्म शिक्षक÷कर्मचारी उपस्थित भई जिल्ला सदरमुकामका साथै उपत्यकाको कार्यक्रममा सहभागि हुने र नेपाल सरकारको सम्पुर्ण शैक्षिक कार्यक्रम बहिस्कार गर्ने लगायत कार्यक्रमहरु तय गरिएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind