बाख्रापालन व्यवसायबाट जिविकोपार्जन ।।
बैतडीको दशरथ चन्द नगरपालिका वडा नं ३ जर्गका किसान मोहनराम लुहारले बाख्रापालन व्यवसायबाट निकै फाइदा गर्नुभएको छ । तामाका भाडाकुडा बनाउने आफ्नो पुख्र्यौली पेशाबाट गुजरा चल्न नसकेपछि उहाँले करीब १० बर्ष अगाडिदेखि बाख्रापालन व्यवसाय शुरु गर्नुभएको हो । सात हजार रुपैयाँबाट बाख्रापालन व्यवसाय शुरु गर्नुभएका लुहारले अहिले बाख्रापालन व्यवसायबाट निकै फाइदा भएको बताउनुभयो । घरको सानोतिनो खर्चदेखि लिएर सबै काम बाख्रापालन व्यवसाय चलाउने गरेको लुहारले बताउनुभयो । अहिले उहाँले सोही व्यवसायबाट बार्षिक एकलाख जति कमाइ हुने गरेको बताउनुभयो । ९ जनाको परिवार संख्या रहेका लुहारलाई जिविकोपार्जनको स्रोतको रुपमा बाख्रापालन व्यवसाय नै सहायक सिद्ध भएको छ । बालबालिकाहरुलाई विद्यालय पठाउनदेखि अन्य कामहरुको लागि समेत सोही व्यवसायबाट खर्च चलेको लुहारको भनाइ छ । बाख्रा खरीद गर्ने, पालन गर्ने र अनि विक्रि गर्ने गरेका लुहार बाख्रापालन व्यवसायबाट आफू सन्तुष्ट भएको बताउनुभयो । उहाँले हरेक तेस्रो दिन बैतडी सदरमुकाम लगायत नेपाली सेनाको व्यारेकमा समेत खसी बेच्ने गरेको बताउनुभयो । मनोहर लुहारसंगै अन्य दुई परिवारले समेत बाख्रापालन व्यवसायबाट गुजरा चलाएको उहाँको भनाइ छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind