राजनीतिक र प्रशासनिक संरक्षणमा अवैध क्रसर उद्योग सञ्चालनमा रहेको स्थानीयको आरोप ।।
सर्लाहीमा राजनीतिक र प्रशासनिक संरक्षणमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन भइरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । दैनिक सयांै पटक ओहोर दोहोर गर्ने ट्रिपरहरुले जन स्वास्थ्यमा प्रतिकूल प्रभाव पारे पनि स्थानिय प्रशासन मौन बस्नुले त्यस्तो संकेत गरेको उनीहरुले बताएका छन् । तराईलाई मरुभूमि बनाउने र चुरे विनासको मुख्य कारकहरु मध्येको एक क्रसर उद्योग बन्द गर्न माग भएपनि प्रशासनले चासो नदेखाएको उनीहरुको भनाई छ । पूर्ब पश्चिम राजमार्गको नवलपुरबाट सदरमुकाम मलंगवा जोड्ने २५ किलोमिटर लामो कच्ची सडकमा दिनभरि १० पाङ्ग्रे ट्रिपर कुदिरहँदा सडक वरिपरिका बासिन्दाहरु मात्र नभै सदरमुकाम मलंगवाका बासिन्दाहरुमा धुलो उडेर स्वास्थ्यमा असर गरिरहेको छ । क्रसर उद्योग बन्द गराउन पटक पटक आवाज उठेपनि प्रशासनले अटेर गरेको स्थानीय बासिन्दाहरुको आरोप छ । सर्लाहीमा सञ्चालित दर्जनौ क्रसर उद्योगले सिंचित कृषि भूमि नास भइरहेको र सिमित नेपाली तस्करहरु केही कमाएपनि दर्जनौ भारतियहरु मालामाल भैरहेको स्थानीय बासिन्दाहरुको दावी छ । यसैबीच उजुरी नआएको अवस्थामा कुन क्रसर वैध र कुन अवैध भन्ने एकिनका साथ भन्न नसकिने प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपलियाले बताउनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind