स्याङ्जा मग्याम चिसापानीका स्थानिय लोडसेडिङ्बाट मुक्त ।।


स्याङ्जाका करिब एक हजार ३ सय ५० घरधुरी लोडसेडिङ्बाट मुक्त भएका छन् । स्याङ्जाको मग्याम चिसापनी ९ र चित्रेभञ्ज्याङ ७ मा साना लघुविद्युत आयोजना निर्माण भएपछि स्थानियवासिन्दा लोडसेडिङको मारबाट मुक्त भएका हुन् । गाउँमा बिजुलीबत्ती बलेपछि स्थानिय बासिन्दामा खुसीयाली छाएको छ । टुकी र मैनबत्ती बालेर बस्नुपर्ने बाध्याता भएका यहाँका स्थानिय बासिन्दा लोडसेडिङ्बाट छुटकरा पाएपछि उनिहरुमा खुसीका किरण पलाएको हो । स्थानिय जनताको श्रमदान र सहयोगमा गाँउकै पानीको सदुपयोग गरी दुई वटा लघुजलविद्युत निर्माण भएपछि स्थानियले राहातको महसुस गरेका हुन् । मग्याम चिसापनी ९ मा एक करोड, चार लाखको लागतमा निर्माण भएको ४४ किलोवाटको पुतपुते लघु जलबिद्युत आयोजना पहिलोबाट पाँच सय १६ घरधुरी लावान्भित भएका छन् । यहाँ चार सय ५० मिटर लामो नहरबाट पानि ल्याएर विद्युत् निकालिएको छ । चिसापनी गाविसको एक लाख १० हजार, जिल्ला विकास समितीबाट तिन लाख ५० हजार, बैकल्पीक उर्जा प्रबद्धन केन्द्रबाट तिस लाख ८० हजार को सहयोग र ६८ लाख ६० हजार जनश्रमदानबाट आयोजना सफल बनेको हो ।  लघु जलबिद्युतबाट उत्पादन भएको बिजुली सस्तोमा बाल्न पाएको र बिद्युतिय सामाग्री चलाउन पाएको आयोजनाका अध्यक्ष डण्डपानी भण्डारीले बताउनु भयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind