भारतको बहराईच जेलमा ३ बालबालिका र २७ नेपाली महिला बन्दी ।।


भरत शर्मा

भारतको उतरप्रदेश राज्यको बहराईच जेलमा ३ बालबालिका र  २७ महिला कानुनी सहायता नपाएर बन्दी हुन बाध्य भएका छन । बहराईच जेलका सुपरीटेण्डेन एके सिङ्गले बहराईच जेलमा ३ बालबालिका  र २७ महिला सहित ६७ जना नेपाली बन्दी रहेको जानकारी दिनुभयो ।  बन्दी महिलामध्ये ९० प्रतिशत महिला चरेस तस्करी गर्दै गर्दा पक्राउ परेका हुन् । मानव तस्करीका क्षेत्रमा काम गदै आएको माइती नेपाल क्षेत्रिय कार्यालय नेपालंजका प्रमुख केशव कोइरालाका अनुसार  चरेस भरियाको रुपमा भारतमा पक्राउ परेका महिलाहरुले अदालतमा वकालत गर्ने मनिस नपाउदा त्यसै बन्दी जिवन बिताउन बाध्य भएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind